धरान(डेस्क) : मोरङको कटहरी गाउँपालिका ७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
साँझ ६ः२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३६ प ३७३० नम्बरको मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका ५ का १९ वर्षीय निरज सरदार गम्भीर घाईते भई तत्काल उपचारको लागि कोशी अञ्चल अस्पताल लगिएकोमा उनको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अर्का मोटरसाईकल चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।