धरान(डेस्क) : पाँचथरको फिदिम नगरपालिका ६ याङदिन खोल्सामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।

दिउँसो पौने १ बजे सोही नगरपालिका स्थित श्रीमानटार बस्ने सुस्मिता तुम्रोकको छोरा १३ वर्षीय गोरे तुम्रोक खोल्सामा नुहाउने क्रममा पानिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पूरा गरि शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको तथा अन्य थप अनुसन्धान जारी रहेको उक्त कार्यालयले जनाएको छ ।