मोरङ: मोरङको धनपालथान गाउँपालिका ४ गदिया खोला नजिक आज भ्यानको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
रंगेली बिराटनगर सडकखण्डमा बिहान ६ बजेको समयमा एन.एम.सी. डेरी उद्योग झापाको मे १ च ४६०९ नम्बरको भ्यानले ३ जना पैदलयात्रीलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करले धनपालथान गाउँपालिका ४ का १२ बर्षीय मोहमद जवार, १८ बर्षीय मोहमद कैफ र १५ बर्षीय अफसार अन्सारीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते तिनै जनालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएको थियो । त्यहाँ उपचारको क्रममा मोहमद जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो भने २ जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका ७ का २२ बर्षीय गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको उक्त कार्यालयले जनाएको छ ।