पथरी : सुकुम्बासी समस्या र दोहोरो स्वामित्व अन्त्य गर्ने भन्दै पथरीशनिश्चरे नगरपालिकाले गठन गरेको झोडा समस्या समाधान समितीका एक सदस्यले समिती गठनको औचित्य नरहेको भन्दै समितीबाट राजिनामा दिएका छन् ।
साविक पथरी गाविसका पुर्व अध्यक्ष समेत रहेको तिलक बान्तवाले विज्ञप्ती प्रकाशित गर्दै सुकम्बासीको माग त्यस समितीले सम्बोधन नगरेको भन्दै राजिनामा दिएका हुन् । इलामको चुलाचुली, पेल्टीमारी, वुकुवा, बाँझो झापाको हंसेदुम्से र सुनसरीको कोशीटप्पु र सर्दु जलाधारबाट सट्टा भर्ना भई पथरीशनिश्चरे नगरपालिकामा बसोबास गर्दै आएका मध्ये धेरैको दोहोरो स्वामित्व रहेको भन्दै नगरपालिकाले सो समस्या सामाधान गर्न राई सहितको समिती निर्माण गरेको थियो ।

नगरपालिकाका प्रमुख दिलिप कुमार राई संयोजक र उपप्रमुख सहसंयोजक रहने गरी समीती गठन गरिएको थियो । नगरपालिकाभित्र रहेका विभिन्न दलका ८ जना, पुर्व गाविस अध्यक्षहरु समेत रहने गरि गठन गरिएको समितीका सदस्य राईले समितीले काम गर्न नसकेको आरोप लगाउदै राजिनामा दिएका हुन । समितीमा बसेर काम गर्न नसक्ने तथा समितीको औचित्य समेत सकिएकाले समितीमा नरहने राईले विज्ञप्ती मार्फत जनाएका छन् ।