तेह्रथुम:तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङबाट १७ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेष्ठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा बालिकालाई जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित बालिकाको बाबुले आज बिहान ७ बजे दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा स्थानीय २१ बर्षीय पदम रसाईली सहित ३ जना रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।