सुनसरी: सुनसरीको बराह नगरपालिका ८ शुक्रवारे चौकमा भएको ट्रयाक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।

आज बिहान साढे १० बजे शुक्रवारेबाट महेन्द्रनगरतर्फ जाँदै गरेको को २ त ७७९० नम्बरको ट्रयाक्टर आँफै अनियन्त्रित भई दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ३२ बर्षीय मोहमद मिया ट्याक्टरले च्यापिएर गम्भीर घाईते भएका थिए ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली खटिएर च्यापिएका सहचालकलाई उद्दार गरी उपचारको लागि पठाएको थियो । उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारकै क्रममा दिउँसो १२ ः२० मा मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेका छन् ।