इटहरी : कात्तिक पहिलो साता सुनसरी दुहवीको सोनापुरमा एक जना विरामी बालक भेटिए । उनी दाहिने पाखुरा र घाँटीमा एसिड प्रहार गरिएको अवस्थामा भेटिएका थिए । सोधीखोजी गर्दा सडक भएको पत्ता लाग्यो ।
उनी विराटनगरको हस्पिटल चोक घर भएका अशोक परियारको छोरा दिपेन थिए । १४ वर्षीय बालक दिपेनलाई तत्काल प्रहरीले उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गर्यो । पछि सन्चो भएपछि विराटनगर प्रहरीको जिम्मा लगाइएको थियो । दिपेनलाई त्यतिबेला आफूभन्दा सिनियर सडक बालकले एसिड प्रहार गरी कुटपिटसमेत गरेको खुलेको थियो । फागुन दोस्रो साता पनि इटहरीमा एसिड आक्रमणबाट उपचार नपाएर सिकिस्त अवस्थामा इटहरीमा एक जना सडक बालक भेटिए । उनलाई पनि तत्काल उपचार गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भर्ना गरिएपछि केही दिनमा सन्चो भयो । पूर्वमा अहिले सडक बालबालिका मुख्य समस्या बनेका छन् । यो समस्या झन्झन् बढेर जादैछ । जसले गर्दा पूर्वकै उदाउँदो शहर इटहरीमा पनि सडक बालबालिका मुख्य समस्या बनेकाले गर्दा प्रहरीले खोजी खोजी सुधार केन्द्रमा राख्न थालेको छ । नागरिक पूर्वेलीबाट