धरान : राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ नगर समन्वय परिषद्, धरानले महिलाहरुका लागि उद्घोषण तथा भाषणकला तालिमको आयोजना गरेको छ ।
विहीबार देखि ३ दिनसम्म सञ्चालन हुने तालिममा १३ जातीय संस्थाहरुबाट ३९ जना महिलाहरुको सहभागिता रहेको छ । धरान १५ को चुम्लुङ्ग सभाहलमा सञ्चालित तालिमको उद्देश्य कार्यक्रम सञ्चालन गर्न आवश्यक उद्घोषक तयार गर्नु रहको छ ।
जनजातीहरु धेरै लामो समयदेखि पछि परिरहेको छ । त्यसमा पनि जनजाती महिलाहरु धेरैपछि परेको औल्याउदै जनजाती महिलाहरुको सशक्तिकरण र विकासका लागि सबैक्षेत्रले महत्वका साथ कार्यक्रम सञ्चालन गर्न जरुरी भएको प्रमुख अतिथि राष्ट्रिय जनजाती महिला महासंघ, सुनसरीकी अध्यक्ष संगिता सुब्बाले बताईन् ।

आफ्नो संस्था, टोल र समाजमा आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नसक्ने जनशक्ति तयार हुने अतिथि एवं राष्ट्रिय जनजाती महिला महासंघ, सुनसरीकी संस्थापक अध्यक्ष मनिा पुलामीले व्यक्त गरिन् । उनले यस तालिमले महिलाहरुको सशक्तिकरण र विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । तालिमलाई प्रभावकारी बनाउन सहभागितामुलक विधि अपनाईएको थियो ।
महिलाको विकास गर्नेक्रममा पछाडि रहेका जनजाती महिलाहरुको लागि पनि विभिन्न कार्यक्रमहरु नगर समन्वय समितिबाट सञ्चालन गएिरहेको राष्ट्रिय जनजाती महिला महासंघ, धरान समन्वय परिषद्की अध्यक्ष चन्द्रकला प्रधानले बताईन् । उद्घोषको कारणले कुनै पनि कार्यक्रम उत्कृष्ट हने वा बिगार्ने हुन्छ । कार्यक्रम सञ्चालक दक्ष हुनुका साथै कार्यक्रमको पूर्व तयारी र व्यवस्थापन पनि राम्रो हुन आवश्यक हुन्छ । उद्घोषण, भाषण, प्रस्तुतीकरण, कार्यक्रम तालिका र पुर्व तयारीको विषयमा तालिम केन्द्रित रहेको छ । तालिमबाट आफुहरुलाई बोल्नलाई प्रेरणा, जोह र उत्साह जागेको सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।