धरान : सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट प्रहरीले विहीबार लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सहित प्रहरीले मोरङ बेलबारी नगरपालिका ३ बस्ने २१ वर्षीय नवराज राईलाई पक्राउ गरेको हो । बिहान ९ बजे इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरानबाट काठमाण्डौ जाँदै गरेको बा. ४ ख. ८३३ नम्बरको हायस गाडीमा चेकजाँचको क्रममा राईलाई लागूऔषध नाईट्राजेपाम १ सय ६३ चक्की सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।