कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा एउटा जेसिबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

से १ त ७३३ नम्बरको जेसिबीले मे १ ह ७६३ नम्बरको अटोरिक्सालाई आज शुक्रबार बिहान ठक्कर दिँदा अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै जेसिबी चालक फरार भएका छन् । प्रहरीका अनुसार उनको खोजी भइरहेको छ ।