ताप्लेजुङ: ईलाका प्रहरी कार्यालय दोभान ताप्लेजुङको हाता भित्र निर्माण हुन लागेको कार्यालय भवनको आज शिलान्याश भएको छ ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले आज एक कार्यक्रमका बिच उक्त भवनको शिलान्याश गरेका हुन् । प्रदेश प्रहरी प्रमुख रिजालले नागरीक प्रहरी सहकार्यको खाँचो रहेको बताउँदै प्रहरी र नागरीकको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने बताए । उनले शान्ति सुरक्षा कायम गर्ने प्रहरीको प्रयासमा सघाउन नागरीक समाजसँग पनि आग्रह गरे ।

उनले प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीयतहका नेतृत्वकर्ताले अभिभावकीय भूमिका खेल्न सक्ने भन्दै प्रहरीका संरचना बनाउन र उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन समेत स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गरे । कुल २ करोड ४६ लाख ८८ हजार ९ सय ७३ रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त संरचनामा कार्यालय भवन, ब्यारेक, महिला तथा पुरुष हिरासत कक्ष र छुट्टै मेश तथा शौचालय रहने छन् ।
शिलान्याश कार्यक्रममा ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, स्थानीय ब्यबसायी, नागरीक समाजका अगुवाहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।