पथरी:मोरङको पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा शुक्रवार वडा नम्वर १ का ८० वर्षमाथिका ८३ जना ज्येष्ठलाई सम्मानित गरिएको छ ।
ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद घिमिरे सहितले जनही नगद ५ सयका साथै एक एक थान झुल समेत वितरण गरी सम्मानित गरेका हुन ।