धरान : धरान १ नं. वडा कार्यालयको आयोजनामा महिलाहरुलाई दुई दिने उद्घोषण तालिम सम्पन्न भएको छ ।

शुक्रबार र शनिबार नेपाल रेडक्रम सोसाईटी सुनसरी धरानको सभाहलमा तालिम भएको हो । उक्त उद्घोषण तालिममा विभिन्न टोल उत्थान समिति, संघसंस्था लगायतका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । आफ्नो टोल समाजमा आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्नसक्ने जनशक्ति तयार गर्ने उद्देश्यका साथ आयोजना गरिएको १ नं. वडा कार्यालयका अध्यक्ष रोशन अधिकारीले बताए ।
प्रयोगात्मक तथा सहभागितामुलक तैर तरिका अपनाई सञ्चालन गरिएको तालिममा सहभागिहरुले प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सीप सिकेका थिए । महिलाहरुको सशक्तिकरण विकास र क्षमता अभिवृद्धि गर्न महिला लक्षित कार्यक्रम अन्तरगत कार्यक्रम सम्पन्न गरिेएको सहायक वडा सचिव तेजप्रसाद पोखरेलले जानकारी गराए ।

वडा स्तरमा आयोजना हुने र संघसंस्थाले आयोजना गर्ने कार्यक्रमलाई प्रभावकारी बनाई उपलब्धिमुलक बनाउन तालिमले ठूलो सहयोग पु¥याउने सहभागी समेत भएकी वडासदस्य रिता सुन्दासले विश्वास व्यक्त गरिन् । कार्यक्रम प्रभावकारी भएमात्र कार्यक्रमको उपलब्धि पुराहुने गर्दछ । कार्यक्रम प्रभावकारी बनाउन उद्घोषकको महत्वपूर्ण भुमिका हुन्छ । तालिम प्राप्त, दक्ष र योग्य उद्घोषक भए मात्र कार्यक्रम सफल हुने भएकोले यस उद्घोषण तालिमलाई महत्वका साथ सञ्चालन गरिएको कुरा वडा सदस्य एवं कार्यक्रम संयोजक रहिसा कसजुले बताईन् ।

2 7

कार्यक्रममा समाजसेवी श्यमा रेग्मी, उत्तरा शाक्य र वडा सदस्यहरु विवेक प्रसाई, विनोद मानन्धर तथा टीएलओ संयोजक तथा सदस्यहरु पनि सहभागी भएका थिए । तालिमबाट प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्न आवश्यक सीप प्राप्त भएको र आफुहरुमा ठूलो आत्मविश्वास प्राप्त भएको सहभागीहरुले बताएका थिए ।