विराटनगर: प्रदेश १ सरकारले ले आगामी आर्थिक बर्ष २०७६/०७७ को लागि कुल ४२ अर्ब २० करोडको बजेट ल्याएको छ ।

प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका थिए । यो चालु आर्थिक बर्षको भन्दा करिब ७ अर्ब बढी हो । चालु आर्थिक बर्षमा सरकारले ३५ अर्व ९३ करोडको बजेट ल्याएको थियो । आइतबार मन्त्री आङ्बोले चालु खर्चतर्फ १८ अर्ब २० करोड ४ लाख १२ हजार र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजार विनियोजन गरिएको जानकारी दिए । यस्तै अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार छुट्याइएको बताए । वित्तिय व्यवस्थातर्फ ८ करोड बजेट विनियोजन भएको छ।

बजेटको स्रोत मध्ये आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतका रुपमा रहेको बजेटमा उल्लेख गरिएको छ। चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट ६ अर्ब ६१ करोड रहने अनुमान छ ।