धरान(डेस्क) : मोरङको सुनवर्षी नगरपालिका ९ भेडुवाथानमा आइतबार ट्याक्टरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।
रंगेली डाईनिया सडक खण्डमा राती पौने १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ५ प ११७८ नम्बरको मोटरसाईकललाई सोही दिशा तर्फ आउँदै गरेको को २ त २३२० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाईकल चालक भोजपुर घर भई हाल सुनवर्षी नगरपालिका ४ अमरदह बस्ने वर्ष ४५ को दिलिप कुमार बि.क. गम्भीर घाइते भई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने ट्याक्टरका चालक फरार रहेकोले खोजीकार्य भईरहेको छ । मृतकको शव रंगेली अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ ।