धरान : समुदाय स्तरमा सचेतनाको उज्यालो दिने सुनसरीका ३ वटा नगरका संचार स्वयम सेविकाहरु धरानमा भेला भएका छन् ।

आइतबारदेखि धरानको होटल सन्ध्या इनमा धरान उपमहानगर, वराहक्षेत्र र रामधुनीका संचार स्वयम सेविकाहरु २ दिने नेतृत्व विकास तालिमका लागि भेला भएका हुन् । सुन्दर समाज निर्माण समुह धरान ६ पानबारीको आयोजना र प्लान इन्टरनेशनलको सहयोगमा सन्चालित तालिममा तीन नगरका २५ जना किसोरीहरु सहभागि रहेको आयोजक संस्थाका सचिव विनोद विकले बताए ।

तालिम अवधिभरी सिकेका विषय वस्तुलाई समुदायमा गएर सचेतना फैलाउनको लागि सक्षम नेतृत्वकर्ता तयार हुने वताइएको छ ।तालिमको प्रशिक्षण प्रशिक्षक मोहन श्रेष्ठ र सुन्दर समाज निर्माण समुहका सचिव विनोद विकले गर्दैछन् ।प्लान इन्टरनेशनको सहयोगमा संस्थाले धरान , वराहक्षेत्र र रामधुनीमा गल्र्ज एजेन्सी मार्फत किसोरी शिक्षा, बाल क्लव परिचालन, संचार सहजीकरण लगायतको कार्यक्रम सन्चालन गरिरहेको छ । तालिम आज( सोमबार) समापन हुने छ ।