धरान : किरात राईहरुको भाषिक र भातृ सस्थाका प्रतिनिधीलाई धरानमा २ दिने लेखा प्रणाली तालिम दिएको छ ।

शुक्रबार र शनिबार धरान १० स्थित किरात राई यायोख्खाको भवनमा तालिम सम्पन्न भएको हो । किरात राई यायोख्खा धरान नगर कार्य समितीको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिममा जम्मा ३६ जना सहभागि रहेका थिए भने तालिमको सहजीकरण किरात राई यायोख्खाका निवर्तमान केन्द्रिय सह कोषाध्यक्ष सदर कुमार राईले प्रशिक्षण दिएका थिए ।

संस्थाका प्रतिनिधीलाई कार्यालयको लेखा व्यवस्थापनलाई व्यवस्थित रुपमा सन्चालन गर्न र गराउनको लागि तालिम दिएको आयोजक सस्थाका अध्यक्ष लोकन्द्र राईले वताए । तालिमको उद्घाटन जिल्लाका अध्यक्ष बलराम राईले गरेका थिए भने समापन भने शनिबार आदिवासी जनजाती विकास समितीका अध्यक्ष नरेश इवारमले गरेका थिए ।