झापा : झापाको गौरादह नगरपालिका ७ भेटवालचोकमा सोमवार दिउँसो टिपरको ठक्करबाट १० बर्षीय बालकको मृत्यु भएको छ ।

दिउँसो ३ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको टिपरले सुनसरीको तरहरा घर भई गौरादह ७ हजुरबुवाको घरमा बस्दै आएका कृष्ण गिरीको छोरा १० वर्षीय ओमराज गिरीलाई बाटो काटने क्रममा ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी टोली खटि गई टिपर र चालक गौरादह ७ कै ३१ बर्षीय सोम प्रसाद बजगाईलाई नियन्त्रण लिएको छ । मृतकको शव कानूनी प्रकृया पूरा गरी परिक्षणको लागि दमकको आम्दा अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।