धरान : धरान उपमहानगरपालिका २ नं. वडा कार्यालयले महिलाहरुका लागि वाचनकला प्रशिक्षण सम्पन्न गरेको छ ।
मंगलबार धरान २ को होटल नवयुगमा सम्पन्न तालिमा विभिन्न टोल समुदायहरुबाट ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । वडाले सम्पन्न गर्ने महिला लक्षित कार्यक्रम अन्तरगत आत्म निर्भर तथा क्षमता विकासका लागि यस तालिमको आयोजान गरिएको वडाध्यक्ष माधव गोविन्द श्रेष्ठले बताए ।

वडा कार्यालय र समुदायमा सम्पन्न गरिने कार्यक्रमहरुको प्रभावकारी संचालन गर्न तालिमले सहयोग पु¥याउने महिला सदस्य एवं कार्यक्रम संयोजक सन्ध्या श्रेष्ठको कथन थियो । कार्यक्रमलाई प्रभावकारी बनाउन उद्घोषकले महत्वपूण भूमिका निर्वाह गरेको हुन्छ । यस तालिमले महिलाहरुलाई सशक्ति गर्नुका साथै उनिहरुको क्षमता वृद्धिमा समेत सहयोग पुग्ने बालबालिका सम्पर्क व्यक्ति सुस्मिता शाक्यले बताए ।
वाककला, वाचन कला, उद्घोषण र भाषणको विषयमा तालिम केन्द्रित रहेको थियो । तालिम सहभागितामुलक र प्रयोगात्मक भएकाले सहभागी आफुहरुले धेरै कुरा सिक्न पाएको प्रतिकृया दिएका थिए । तालिममा २ नं. वडाका सदस्य बुना शंकर, सचिव कुमारी राई, कर्मचारीहरु लक्ष्मी राई, कल्पना कन्दङ्गवा, सुस्मिता शाक्य र स्वस्थ्य स्वयम सेवीकाहरुको समेत सहभागिता रहेको थियो ।