धरान(डेस्क) : सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सैनिक टोलबाट प्रहरीले मंगलबार लागूऔषध र चक्कु सहित १ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध र चक्कु सहित धरान उपमहानगरपालिका १७ बस्ने २६ वर्षीय सुबोज खड्कालाई पक्राउ गरेको हो । दिउँसो साढे १२ बजे मधवनबाट धरान तर्फ आउँदै गरेको बा ६९ प २८३८ नम्बरको मोटरसाईकलमा सवार रहेका खड्कालाई शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल ६७ एम्पुल, डाईजेल्याव ६९ एम्पुल, नाईट्रोसन ट्याबलेट २२८ चक्की, नुफिन ६८ एम्पुल, स्पास्मोप्रोक्सिभन ६८ क्याप्सुल, ल्यापटप १ थान, चक्कु १ थान र मोबाईल २ थान फेला पारेको हो ।

बरामद सामान सहित खड्कालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।