धरान : भोजपुर नगरपालिका ३ बाट प्रहरीले बुधवार २ नाल भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित सोही नगरपालिका बस्ने ४६ वर्षीय जीत कुमार राई र ३६ वर्षीय लाल वहादुर भुजेललाई पक्राउ गरेको हो ।
हरीले साँझ ७ बजे निजहरुले लुकाई छिपाई लोड गरेर राखेको २ नाल भरुवा बन्दुक, ४ सय ग्राम बारुद र बन्दुकमा प्रयोग गरिने छर्रा समेत बरामद गरेको हो । अवैध हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयलले जनाएको छ ।