धरान: अन्तराष्ट्रिय योग दिवसको अबसरमा शुक्रबार सुनसरी टेक्निकल कलेजको बिद्यार्थीहरुलाई योग अभ्यास गराइएको छ
द आर्ट अफ लिभिङको सहयोग तथा कलेजको आयोजनामा योग अभ्यास गराइएको हो । विभिन्न किसिमका शारीरिक रोग तथा मानसिक तनावबाट मुक्ति दिलाउन योग प्रभावकारी हुने भएकोले बिद्यार्थीहरुलाई योग अभ्यास गराइएको कलेजका प्रिन्सिपल अमित कुमार गुप्ताले जानकारी दिए । कार्यक्रममा प्रशिक्षको रुपमा रहेका द आर्ट अफ लिभिङ धरानका प्रशिक्षक बृद्धिचन्द्र अग्रवालले सजिलो भाषामा योग भनेको मनलाई शरीरसँग जोड्नु भएको बताए । द आर्ट अफ लिभिङका सुनसरी कोर्डिनेटर पार्बती श्रेष्ठले सबै मनुष्य भित्र आत्मा रहेको त्यही आत्मालाई परमात्मासँग मिलाउने काम नै योग भएको बताइन् ।

पछिल्लो समय देखिँदै आएका कतिपय स्वास्थ्य समस्याहरु योग गरे समाधान हुने चिकित्सकहरु बताउछन् । योगको उत्पत्ति संस्कृत शब्द ’युज’ बाट भएको मानिन्छ । योगको अर्थ ’जोड्नु’ वा ’मिलाउनु’ हो । यौगिक क्रियाहरूको माध्यमबाट शरीर, मन र आत्माबीचमा संयोग स्थापित गर्नु नै योग हो । विवेकको साधना गर्नु, मनको विग्रह नियन्त्रित गर्नु, आत्म साक्षात्कार गर्नु नै योग हो । श्रेष्ठले योगको माध्यमबाट ध्यानमा जाने र आत्मा वरपरका विकारलाई हटाउनु र परमात्मासँग साक्षात्कार गर्नु नै मानिसको जीवनको उद्देश्य हो। त्यसैले योग भनेको जोडिनु हो। शरीर तन्दुरुस्त बनाउन र अनेक रोगहरुबाट छुटकारा पाउन मानिस नियमित योग गर्ने गर्दछन् ।
योगका विभिन्न आसन तथा ध्यान लगायतका कार्यक्रम गरी अन्तर्रा्ष्ट्रिय योग दिवस मनाएका हुन । भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो। राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तर्रा्ष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।