इटहरी : इटहरी उपमहानगपालिका–९ मा एक बालिकामाथि यौन दुर्ब्यवहार भएको छ ।

स्थानीय ६ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरिएको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी समीरचन्द्र खरेलले जानकारी दिए । प्रहरीले बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा स्थानीय ३२ बर्षीय देवेन्द्र गौतम पक्राउ गरेको छ ।

खरेलका अनुसार गौतम इटहरीमा कोठा भाडामा बस्दै आएका थिए । डीएसपी खरेलले भने,‘हामीले अहिलेसम्म प्रारम्भिक जानकारी पाएअनुसार गौतम सोही घरमा कोठा भाडामा बस्दै आएका रहेछन् ।’ उनलाई आईतबार म्याद थप गरी मुद्दा दायर गरिने डीएसपी खरेलले जानकारी दिए ।