दिक्तेल : खोटाङको रावाँवेसी गाउँपालिका ३ ठूलोआहाले भन्ने स्थानमा बिहीवार ट्याक्टर दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।
राती साढे ९ बजेको समयमा सोही ठाउँका दान बहादुर श्रेष्ठको पार्किङ गरेर राखेको ना. ५ त. ६६०० नम्बरको ट्याक्टर चालक घर विदा गएकोमा ट्याक्टरका सहचालक २३ वर्षीय नविन भुजेलले चलाउने क्रममा सडकबाट अन्दाजी ३५ मिटर तर खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भुजेललाई उपचारको लागि स्वास्थ्य चौकी लामीडाँडा लगिएकोमा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।