मोरङ:मोरङको कानेपोखरी गाउँपालिका ७ स्थित छधारेमा आज बिहान सवा १० बजे बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ७२०४ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिंदा एक जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा साईकल यात्री मोरङकै सुनवर्षी नगरपालिका २ का ३० बर्षीय भिम मोची रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिएर कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि मंगलवारे अस्पताल पठाएको छ भने बस र बस चालक प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको छ ।