सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ४ बाट चोरीको आरोपमा १ जना पक्राउ परेका छन् ।
स्थानीय बद्री मुखियाको घरबाट आज बिहान ३ बजेको समयमा मोवाइल तथा नगद हराएको जानकारी दिए पछि खोजतलास गर्ने क्रममा प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेको हो । चोरीको घटनाबारे जानकारी आएपछि प्रहरी चौकी सिंघिंयाबाट खटिएको टोलीले स्थानीय २० बर्षीय मनिष चौधरीलाई चोरी गरेको मोवाइलसहित घरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।