लहान : बालिका बलात्कारको आरोपमा सिरहा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ ।
कर्जन्हा नगरपालिका १ बन्दिपुरको जंगलमा घास काट्न गएकी १४ वर्षीय बालिकामाथि बलात्कार गरेकोे आरोपमा स्थानीय श्यामकुमार महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बालिकामाथि सामूहिक बलात्कार भएको बालिकालाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको जानकारी दिएका छन् । प्रहरीले बाँकीको खोजी गरिरहेको पनि बताइएको छ ।