धरान (डेस्क) : झापाको शिवसताक्षी नगरपालिका १० माईधारमा सोमबार मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम आउँँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिदा उनी गम्भीर घाईते भएकी थिईन् ।
घाईतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन् ।