धरान: बराहक्षेत्र नगरपालिका १ स्थित औलिया माविमा सोमबार पढाई भइरहेको थियो । पढाइ भइरहदा शिक्षक एकछिन रोकिए । त्यसपछि, सबै विद्यार्थीहरुलाई डेस्क, बेञ्च मुनि लुक्न लगाए । एकछिनमा टाउको माथि पुस्तक, झोला बोकेर शिक्षक र विद्यार्थी हतारिदै बाहिरिए । त्यसबेला भुकम्प आएको रहेछ ।

बाहिर चौरमा प्राथमिक उपचार केन्द्र र स्वास्थ्यकर्मीहरु तयारी रहेछन् । घाइते भएका विद्यार्थीहरुको उपचार शुरु भयो । ६ जना विद्यार्थी घाइते भए भने एकको अवस्था गम्भीर थियो । गम्भीर विद्यार्थीलाई एम्बुलेन्समा हालेर धरानको विपी अस्पताल पठाइयो ।

earthh

यो काल्पनिक भुकम्प भएपनि भुकम्प आउदा कसरी क्षति कम हुन दिने र आफु सुरक्षित रहने भनेर विद्यार्थीहरुलाई लाइभ डेमोष्ट्रेशन गरिएको थियो । चौरमा उपचार केन्द्र मात्र होइन, मनोपरामर्श केन्द्र पनि थियो । जहाँ भुकम्पले मानसिक असर पुगेका आवश्यक विद्यार्थीहरुलाई मनोपरार्श पनि दिइएको शिक्षक कुन्दन अधिकारीले जानकारी दिए ।

विद्यार्थीहरु आपैm सक्रियतामा जोखिम न्यूनीकरण र दुर्घटनाबाट हुने क्षतिबाट बच्न सकिने उपायहरुबारे प्रशिक्षण गराइएको थियो । यो कार्यक्रम प्लान नेपालको आयोजनामा भएको थियो भने फर्वाड नेपाल र नेपाल रेडक्रस सोसाइटीको पनि सहयोग रहेको थियो । यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य चौकीले पनि सहयोग गरेको विद्यालयले जनाएको छ ।