ओखलढुङगा: ओखलढुङगाको सिद्धिचरण नगरपालिका ५ का एक वृद्धको लडेर मृत्यु भएको छ ।

स्थानीय ६० बर्षीय फुर्वाकाजी शेर्पाको बुधबार दिउँसो करिब साढे ३ जे अचानक लडेर मृत्यु भएको हो । रुम्जाटारबाट घरतर्फ फर्कने क्रममा हिले भन्ने स्थानको बाटोबाट अचानक लडेर शेर्पा अन्दाजी ३०० मिटर तल खसेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि रुम्जाटार अस्पताल पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।