धरान:ब्राहमण समाज नेपाल ,धरान नगर समितिको आयोजना र धरान उपमहानगरपालिकाको सहयोगमा ज्योतिष विद्या सम्बन्धि प्रशिक्षण सम्पन्न भएको छ ।

अषाढ १ देखि १० गतेसम्म संचालन भएको तालिमको बुधबार एक समारोहबीच समापन भएको हो । तालिममा दलित तथा ब्रम्हण जातीका १५ जना महिला र २७ जना पुरूष गरी जम्मा ४२ जनाको सहभागीता रहेको थियो । तालिममा ज्योतिष प्राध्यापक अम्बरराज ढकाल, सोमप्रसाद सुवेदी र हिरा प्रसाद अधिकारीले प्रशिक्षण प्रदान गरेका थिए ।

ज्यतिष विद्यालाई नयाँ पिढीमा हस्तान्तरण गर्न र मौलिक बौद्धिक धर्म संस्कृतिको निरन्तरका लागि यस कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष उद्ववप्रसाद अधिकारीले वताए । परापुर्व काल देखि मान्दै आएको ज्यातिष विद्याको नेपाली समाजमा छुटै मौलिकता रहेको र मानिसलाई मयादितबनाउन यसले महत्वपूर्ण भूमिका खेलको समाजका सचिव कमल प्रसाद भट्टराईको कथन थियो । धरान उपमहानगरपालिका सामाजिक विकास शाखाका प्रमुख महिला अधिकृत प्रज्ञा देवी निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र र प्रशिक्षकहरुलाई मायाको चिनो वितरण गरिएको थियो ।

प्रशिक्षणमा दलित तथा महिलाहरुलाई पनि सहभागी गराएकोमा खुशी व्यक्त गर्दै यस कार्यक्रमलाई प्रत्यक छ महिनामा पुन: निरन्तरता दिनुपर्नेसहभागी सृजना नेपालले प्रतिकृया दिए । कार्यक्रममा विभिन्न संघ संस्था तथा समूहका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।