इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ घुस्कीमा मधेसी मुस्लिम युवाहरूलाई मादक पदार्थ सेवन तथा कुलत रोकथाम र समाजिक सद्भाव कायम गर्न धार्मिकसभा कार्यक्रम गरी घुस्कीका सबै समुदायका युवाहरुलाई मादक पदार्थ सेवन तथा कुलत रोकथाम र समाजिक सदभाव कायम गर्ने बारेमा सचेतनामुलक जानकारी गराईएको छ ।
समाजिक विकासका लागि ऐक्यवद्वता नेपालको आयोजना हरिनगर गाउँपालिका ६ नम्बर वडा कार्यालयको सहयोगमा भएको उक्त कार्यक्रममा प्रवक्ता मोलाना मोबसिर नदवी, मोलाना सबिर नदवी, पुर्व शिक्षक हरिशंकर मेहता र कार्यपालिका सदस्य सुशील ठाकुरले समुदायमा भईरहेको मादक पदार्थ सेवनबाट विकृतिको बारेमा जातिय भेदभाव र अन्तरजातीय विवाहको कारण घुस्कीका युवाहरुलाई प्रशिक्षण दिएको थियो ।
कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी , उपाध्यक्ष रिमझिम भगत, ६ नम्बर वडाअध्यक्ष ईसराइल अन्सारी, ७ नम्बर वडाअध्यक्ष नसिर खाँ, वडासदस्यहरु दाबुद अन्सारी, जमिल अन्सारी, घुस्की प्रहरी चौकी प्रमुख, सशस्त्र प्रहरी बल घुस्कीका प्रमुख लगायत अगुवाहरुको सहभागिता रहेको थियो ।