धरान: प्रहरीले धरान ८ स्थित सभागृह मार्गमा स्कुटर रोकेर चेकजाँच गर्दा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

आज करिब ३ बजेतिर प्रहरीले को ८ प २१९१ नम्बरको स्कुटरमा सवार धरान १५ का ३७ बर्षीय अर्जुन तामाङ र ३४ बर्षीय जीवन राना मगरलाई लागुऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले शंकास्पद अवस्थामा आईरहेका दुवैलाई रोकेर चेकजाँच गरेको थियो ।

उनीहरुको साथबाट डाईजेलाप ३० एम्पुल, लुप्रिजैसिक २९ एम्पुल र फेनारगन २९ एम्पुल गरी कुल ८८ एम्पुल लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई स्कुटरसहित नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।