धरान : धरान उपमहानगरपालिका १५ नम्बर वडा समितिले एक दिने वातावरण सरसफाइ तथा जनसंख्या सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।

राष्ट्रिय आदिवासी जनजाति सुनसरी महासंघको आयोजना र १५ नम्बर वडा समितिको आर्थिक सहयोगमा कार्यक्रम भएको कुरा संघका अध्यक्ष संगीता सुब्बाले जानकारी दिईन् ।

वडाभित्र रहेका जम्मा २६ टोल विकास संस्थाका प्रतिनिधिलाई वातावरण सम्बन्धित जनचेतना बारे अन्तरक्रिया गरेको हो । सहभागीहरुले आफ्नो टोलमा भएको वातावरण सम्बन्धी समस्याहरु राखेका थिए । आफुले गर्नसक्ने सरसफाई गरेको तर समयमा नगरपालिकाको फोहोर उठाउने गाडी नआउने गुनासो गरेको छ । हरेक टोलको समस्या राख्ने क्रममा आफ्नो घर वरपरका ढल जाम हुने नगरपालिकाले नियमित सफाई नगिएको गुनासो राखिएको छ ।

फोहोरलाई निश्चित स्थानमा बोरामा राखे पनि समय मै उठाउन नआउँदा सुरक्षित बोराको फोहोर क्रमिक रुपमा छरपस्ट भएर पुनः फोहोर हुने गुनासो गरेको छ । विशेषगरि प्लास्टिक जन्य फोहोरहरु खानेकुरा पोको पारेर ल्याएपछि बढी फिँजिएर बढी फोहोर भैरहेको सहभागीले बताए ।

कार्यक्रमलाई प्रशिक्षकको रुपमा कृति टेलिभिजनका मोहन श्रेष्ठले वातावरण सम्न्बन्धी प्रशिक्षण दिए । कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति जिल्ला महासंघ सुनसरी अध्यक्ष संगीता सुब्बाको अध्यक्षता सम्पन्न भएको हो ।