संखुवासभा : सदरमुकामस्थित जिल्ला कारागारका कैदीबन्दीका लागि मानवअधिकार प्रवद्र्धन सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रनलयको आर्थिक सहयोगमा कारागारमा मानवअधिकार प्रवद्र्धन सम्बन्धि सचेतनामूलक कार्यक्रम आयोजना भएको हो । प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि खाँदबारी नगरपालिका प्रमुख मुरारीप्रसाद खतिवडा थिए ।
कैदीबन्दीलाई मनोरञ्जन दिने उद्देश्यले मन्त्रालयको आर्थिक सहयोगमा हंसबाहिनी फिल्म प्रोडक्सन इटहरीले कार्यक्रम आयोजना गरेको हो । प्रदेश १ भित्रका १४ वटै जिल्लामा कार्यक्रम गर्ने अभियान रहेको भनदै शाखा अधिकृत विज्ञान विलास भण्डारीले संखुवासभामा १० औं जिल्लाका रुपमा कार्यक्रम आयोजना गरिएको बताए ।