मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका १० मितेरीटोलका राम बहादुर सम्बाहाम्फेको १७ महिनाको छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ ।

सोमबार दिउँसो सवा १२ बजेको समयमा राम बहादुर सम्बाहाम्फेको बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर गम्भीर अवस्थामा फेला परेका बालकलाई तत्काल उपचारको लागि सुकुना सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।