सोलुखुम्बु: सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका ५ नाम्चे बजारका ३१ बर्षीय छिरिङ तेन्जीङ शेर्पाको लडेर मृत्यु भएको छ ।
अमेरीका बस्दै आएका शेर्पा डुम्जी पर्व मनाउन घर आएको बेला १७ गते सेल्फी खिच्ने क्रममा लडेर ज्यान गएको हो । उनी घुम्नको लागि घरबाट पासाङ ल्हामु गाउँपालिका ४ मा रहेको होटल एभरेष्ट भ्यु नजिकै रहेको एनसेलको टावर छेउमा सेल्फी खिच्ने गएका थिए । सोही क्रममा उनी लडेका थिए ।

उनलाई आफन्तले खोजतलाश गर्ने क्रममा आज बिहान ५ बजेको समयमा टावर भन्दा २५० मिटर तल क्याङजु जंगलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएका छ । घटनाबारे ईलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी आएलगत्तै घटनास्थलमा प्रहरीको टोली खटिएको थियो । प्रहरीले आवश्यक कानूनी कारवाही प्रकृया तथा थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालयल सोलुखुम्बुले जनाएको छ ।