धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिका २ सान्नेमा मंगलबार राती २ घरमा आगलागी भएको छ ।
दिलबहादुर रायमाझीको घरमा रातको १० बजेको समयमा बिधुत सर्ट भइ अचानक आगलागी हुदा ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घरभित्र रहेको सर सामान, सुनको गहना १ तोला, ५ तोला चाँदी, खसि ८ वटा, बाख्रा ८ वटा, कुखुरा ५०वटा जलेर पुर्ण रुपमा नष्ट भएको जनाइएको छ । आगलागीबाट करिब साढे ९ लाख मुल्य बराबरको क्षति भएको छ ।

साथै सोही स्थानमा रहेका निजको भाई नारायण रायमाझीको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घर, घरमा रहेको सम्पुर्ण सामान, नगद ५० हजार, सुनको गहना १ तोला, ५ तोला चाँदी, कुखुरा २० वटा समेत जलेर पुर्ण रुपमा नष्ट हुदा भएको छ । उनको अन्दाजी ७ लाख १० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी मारे कटहरेबाट खटिएको प्रहरीको टोलीले स्थानीयको सहयोगमा उक्त आगो आज बिहान ३ बजेको समयमा नियन्त्रणमा लिएको थियो ।