काठमाडौँ:नेपालमा हुने भनिएको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नहुने भएको छ ।

आइफाको लागि बजेट उपलब्ध गराउने भनिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले काठमाण्डौंमा आइफा अवार्ड नहुने खुलाएका हुन् । उनले आज बिहान सञ्चार माध्यमसँग प्रतिक्रिया दिदै संसदीय समितिले निर्देशन दिएकोले आईफा अवार्ड नेपालमा नहुने बताए । आईफा अवार्डका लागि सरकारले स्वीकृति दिएको थियो ।

कार्यक्रमको लागि आइफा आयोजकलाई करिब ४४ करोड रुपैयाँ उपलब्ध गराउने खबर सार्वजनिक भएपछि चौतर्फी सरकारको आलोचना भइरहेको थियो । उकत रकम काठमाडौं महानगरपालिका र बोर्डले व्यहोर्ने बताइएको थियो । नेपाली चलचित्र क्षेत्र प्रर्वद्धन गर्न वास्ता नगर्ने सरकारले भारतीय चलचित्रको प्रर्वद्धनमा करोडौं लगानी गर्न लागेको भन्दै चलचित्रकर्मीहरुसमेत सन्तुष्ट थिएननन् । सरकार र पर्यटन बोर्डले भने आइफा नेपालमा आयोजना ुदा विश्वको ध्यान केन्द्रीत हुने । नेपालको पर्यटन प्रर्वद्धनमा ठुलो योगदान पुग्ने बताउदै आएको थियो ।