मोरङ:जिल्ला मोरङ विराटनगर महानगरपालिका १२ स्थित पन्चमुखी चोकबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १७ गते राती १२ बजे स्थानीय २६ बर्षीय दिनेश पासवानलाई पक्राउ गरेको हो । उनको साथबाट लागुऔषध फेनारगन ४८ एम्पुल, डाइजेल्याव ३७ एम्पुल, बुप्रेर्नफिन ३१ एम्पुल र एभिल ३५ एम्पुल लागुऔषध वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पासवानलाई जिल्ला अदालत मोरङबाट लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।