पथरी: मोरङ्गको पथरीशनिश्चरे २ वन सिमामा हात्तीको आतंकबाट स्थानीयबासी पीडित बनेका छन् ।

सुन्झोडा खोला नजिकबाट बिहिवार राती आएका हात्तीको जत्थाले स्थानियबासीको घरको भित्तो भत्काउनुका साथै मकैबाली खाइदिएको छ । स्थानिय पवित्रा निरौलाको घरको भित्ता भत्काएको छ भने मनमाया निरौला, सिता दाहालको फलेको मकै नष्ट गरिदिएको पीडित दाहालले जानकारी दिइन ।

राती ११ वजे पछि हात्ती गाँउ पसेको र हातीले बिगार गर्न थालेपछि रातभरी नसुतेको उनीहरुले जानकारी दिए । राती नै प्रहरीलाई खवर गरेका उनीहरुले प्रहरी आएर साइरन र बत्ती बलेपछि हात्ती जंगल पसेका थिए । शुक्रबार बिहान हात्तीले क्षती गरेको निरीक्षण गर्न वडा अध्यक्ष यामप्रसाद गुरागाँइ सहितको टोली घटनास्थलको निरीक्षण गरेका थिए ।