पथरी:मोरङको पथरी शनिश्चरे ९ मा रहेका अपाङ्गता भएका ४ जनालाई आज ह्विलचियर वितरण गरिएको छ ।

वडा कार्यालय अन्तर्गतको योजनाबाट लेखबहादुर पाण्डे, जीवनकुमार राई, अप्सना खतिवडा र मोनिका तामाङलाई एक एक थान ह्विल चियर वितरण गरिएको हो । वडाध्यक्ष भानुभक्त राई, कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य इन्द्रवती गुरुङ, खरिन्द्र धिमाल, कुरुक्षेत्र नेपाल तथा वडा सचिव दीर्घराज रायसहितको समूहले ह्विलचियर वितरण गरेका हुन् ।

अपाङ्गताको समस्या व्यहोरेका अन्य व्यक्तिहरुलाई झुल समेत वितरण थालिएको वडाध्यक्ष राईले वताए । अपाङ्गता सम्वन्धी लक्षित कार्यक्रम अन्तर्गत ६० हजार बजेटमा ह्विलचियर र झुल वितरण कार्यक्रम गरिएको हो ।