मोरङ : मोरङको लेटाङ नगरपालिका ३ लेटाङ कानेपोखरी सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यू भएको छ ।

शुक्रबार साँझ सबा ६ बजे कानेपोखरीका ३० बर्षिय लेखनाथ दंगालको मृत्यु भएको हो ।
दंगालले चलाएको को २७ प ६४७७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुर्घटनाबाट घाईते भएका दंगाललाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगेकोमा सबा ७ बजे डाक्टरले मृत्यु घोषणा गरेको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।