सुनसरी: सुनसरीको दुहबी नगरपालिका ८ स्थित पशुपति सिलप्याक ईन्टरप्राईजेज सोनापुरको फ्याक्ट्रीमा एक कामदारको लडेर मृत्यु भएको छ ।
भारत फारबिन्सगंज घर भइ हाल सोही फ्याक्ट्रीमा कामदारका रुपमा रहेका ३५ बर्षका महेन्द्र सिंहको मृत्यु भएको हो । काम गर्ने क्रममा हिजो शुक्रबार दिउँसो १ बजेको समयमा एक तला माथिबाट झरेर उनी गम्भीर घाईते भएका थिए । उनलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएको थियो । उपचारको क्रममा आज अपरान्ह ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।