झापा : झापामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–६ पालिया पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ५५५७ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५५५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेचीनगर–६ का ४५ वर्षीय राम भट्टराईको मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ३९ वर्षीय सन्तोष सुब्बा गम्भीर घाइते भएका छन् । उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।