मोरङ:मोरङको सुन्दरहरैचा नगरपालिका १ स्थित कुमार गाँउमा धारिलो हतियार प्रहारबाट एक महिला घाईते भएकी छिन ।

आज दिउँसो साढे १ बजेको समयमा सोही स्थान बस्ने ३६ बर्षीय निरबहादुर नेपालले आफ्नै २६ बर्षिय बुहारी सलिना नेपाललाई शरीरको बिभिन्न भागमा खुकुरीले प्रहार गरी गम्भिर घाईते बनाएका हुन् । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने निर बहादुरलाई तत्काल पक्राउ गरेको थियो । साथै, गम्भीर घाइते भएकी सलिनालाई उद्दार गरी उपचारको लागि बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।