पथरी: मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर ३ का अपाङ्गताको समस्या भोग्दै आएका एकजना महिलालाई हिड्न सजिलोका लागि ह्विल चियर प्रदान गरेको छ ।
नगर प्रमुख दिलिपकुमार राई, ३ नम्वर वडाध्यक्ष डम्वरबहादुर चेम्जोङ सहितले सुनमाया सुनुवारलाई आज ह्विल चियर वितरण गरेका हुन् ।