सुनसरी: ईटहरी उपमहानगरपालिका ४ स्थित बिश्वआदर्श स्कुल छेउको नालीमा करेन्ट लागी एक युवाको मृत्यु भएको छ ।
मध्य राती माछा मार्ने क्रममा करेण्ट लागेर २९ बर्षीय महेश चौधरीको मृत्यु भएको हो । सोही स्कुलमा कार्यालय सहयोगीको रुपमा कार्यरत चौधरीले राती १२ बजे नालीमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको थिए । त्यसक्रममा आफैलाई करेन्ट लाग्दा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।