धरान: इलाका प्रहरी कार्यालय धरानले लागुऔषध सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ ।

प्रहरी कार्यालयले समुदाय /प्रहरी साझेदारी प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत धरान १३ स्थित सुनगाभा बोर्डिङ स्कुलका कक्षा ९ र १० का विद्यार्थीहरुलाई जनचेतनामुलक कक्षा सञ्चालन गरेको हो ।

कार्यक्रममा लागुऔषध दुव्र्यसनी, लागुऔषधको परिचय, दुव्र्यसनीमा फस्नुको कारण, त्यसबाट हुने असर, बच्ने उपाय र मलिा तथा बालबालिकासम्बन्धी हुने अपराधको बारेमा सहभागीहरुलाई जानकारी गराइएको थियो । धरानका डिएसपी ढुण्डीराज नेउपानेको उपस्थितिमा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुसमेत गरी ४० जना भन्दा बढी सहभागी थिए ।