धरान(डेस्क): प्रदेश १ मा अबिरल बर्षाको कारण आएको बाढी र पहिरोलगायत प्राकृतिक प्रकोपले ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

केही दिनदेखि निरन्तर परेको बर्षाले विभिन्न जिल्लामा १५ जनाको ज्यान गएको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रदेश प्रहरीका अनुसार आज भोजपुरको रामप्रसाद राई गाँउपालिका ५ की १५ बर्षका शक्तिकुमार राईको पुरिएर मृत्यु भएको हो । आज बिहान ९ बजे भान्साघरको माथिबाट पहिरो झरी पुरिएर बेपत्ता भएका राईको खोजतलास गर्ने क्रममा साँझ ५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

योसँगै प्रदेश १ मा ज्यान गुमाउनेको संख्या १५ पुगेको हो । हालसम्म यस प्रदेश अन्तरगत मृत्यु हुनेको संख्या खोटाङमा ३ जना, झापामा २, ओलढुंगामा ३, भोजपुरमा ५ जनाले ज्यान गुमाएका छन् भने ईलाममा १ र सुनसरीमा १ जनाको मृत्यु भइसकेको प्रदेश प्रहरीले जनाएको छ ।